एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। दोस्रो पटक मतगणना गर्दा दिसानायके राष्ट्रपति निर्वाचित भएको श्रीलंकाको निर्वाचन आयोगले जनाएको छ।
श्रीलंकामा भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतगणना भएको थियो।आयोगका अनुसार अनुरा कुमारा दिसानायके (एकेडी) र सजीथ प्रेमदासालाई छाडेर बाँकी उम्मेदवार दौडबाट बाहिर भएका थिए। निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे पनि राष्ट्रपतिको दौडबाट बाहिरिएका थिए।