काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।
यूएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा भएको खेलमा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
नेपालकालागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन,सोनी पाख्रिनले १९, ओपनर साना प्रविनले १९ रन र ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् ।
युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १-१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।