काठमाडौं । कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा भेट्टाउँदै पुरा गरेको हो। यससँगै अब फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। फाइनल शनिबार हुनेछ।
सुदूरपश्चिम भने जनकपुरलाई नै हराउँदै फाइनलमा यसअघि नै पुगिसकेको छ। हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो।