काठमाडौं । आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल ५२ रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन । त्यस्तै सिमाना केसीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एकरएक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।