काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । योसँगै सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।