काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।
गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस भएका थिए तर अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य रहेको उनले बताएका छन् ।
भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।
प्रहरीका अनुसार बिहान सवा १२ बजेतिर भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो।
गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ।