काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफल अगाडि बढाएका छन् ।
यस क्रममा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न छलफल सुरु गरेका हुन् । रास्वपाले आइतबार मात्र सरकारबाट बाहिरिने निर्णय गरेको छ । यद्यपि, उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।