काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। पुस सम्ममा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत वर्ष रेमिट्यान्स ५.० प्रतिशतले घटेको थियो ।
पुस एक महिनामा मात्रै १ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो महिना १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेर २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थिया
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले बढेर ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।