काठमाडौं । हुम्लाको तिलगाउँको बाढीको अध्ययन गर्न गएको विज्ञ टोलीले तीन हिमताल फेला पारेको छ ।
जिल्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्म पुगेर अध्ययन गरेको थियो ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए । अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।
जेठ १ गते स्थानीय खोलामा आएको बाढी र सुख्खा पहिरोले तिलगाउँका १८ घरका ३२ परिवार विस्थापित भएका थिए ।