काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि उनले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । महानगरपालिकाले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हो ।
यसैबीच प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ ।