एजेन्सी । अफगानिस्तानको इस्लाम काला सीमा नाकाबाट एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थीहरू इरानबाट स्वदेश फर्किएका छन्। हेरात प्रान्तका सूचना तथा संस्कृति विभागका निर्देशक मौलवी अहमदुल्लाह मुत्ताकीका अनुसार उनीहरूलाई पानी, खाना र तत्काल स्वास्थ्य सहायता प्रदान गरिएको छ।
इरानसँग सीमा जोडिएका हेरात र निमरोज दुई मुख्य नाकाबाट हालसालै शरणार्थीहरूको आवागमन तीव्र भएको छ। निमरोजको पुल-ए-अब्रेसम नाकाबाट दैनिक २–३ हजार व्यक्ति र करिब ३०० परिवार स्वदेश फर्किने गरेको बताइएको छ। हाल इरान र पाकिस्तानसहित विदेशमा करिब ७० लाख अफगान शरणार्थी रहेका छन्, जसमा धेरैजसो कागजातविहीन आप्रवासी छन्।