काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ। नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ। सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।