काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले बढेको छ।
यसदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ। कारोबार रकम अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारभन्दा कम हो। बिहीबार ७ अर्ब ७८ करोड बढीको सेयर कारोबार भएको थियो।
३२८ स्क्रिप्सको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँमा खरिदबिक्री भए। एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले बढ्दा विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्टको ८.९७ प्रतिशत र माछापुच्छ्रे बैंक डेवेन्चर २०८५ को ८.१० प्रतिशतले सेयर बढ्यो।