काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर र नीतिगत दर घटाएको छ। आगामी आर्थिक वर्ष २०८२र८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरेको जानकारी दिएका छन्।
यसअघि बैंकदर साढे ६ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो।