काठमाडौं । नेपाली कांग्रेसले नयाँबसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोलेका कांग्रेस नेताले उक्त माग गरेका हुन् ।
विशेष समयमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजका नागरिकहरुको स्थिति के होला ? भन्दै प्रश्न गरे। सरकार गम्भीर हुन जरुरी रहेको भन्दै उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।
उनले यातायात मजदुरका जायज माग सम्बोधन गर्दै नयाँबसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए ।