लमजुङ । लमजुङको मर्स्याङ्दी नदीमा अवैध रुपमा ढुंगा गिट्टी र बालुवा उत्खनन गरेको पाइएको छ । प्रहरीले जनप्रतिनिधिकै टिपर र जेसीभी मेसिन नियन्त्रणमा लिएको छ ।
बेसिशहर नगरपालिका २ मा रहेको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्यामनजिक नदीमै बेसिशहर नगरपालिका ७ का पूर्ववडाध्यक्ष एवं हालका वडा सदस्य गोविन्द बस्नेतले आफ्नो क्रसरका लागि उक्त सामग्री अवैध तवरले लोड गर्दै गर्दा स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएका हुन् ।
अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दै गरेको ग.२ख १२१८ नम्बरको टिपर र जेसीभी मेसिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।