काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै सो व्यवस्था लागू गरेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा गरिएको संशोधनअनुसार, पहिले ५ वर्ष मात्रै मान्य रहेको लाइसेन्सको अवधि अब १० वर्ष हुने भएको हो।
यससँगै, लाइसेन्स नविकरण गरेपछि पनि त्यसको मान्य अवधि १० वर्ष हुने व्यवस्था गरिएको छ। पहिले नविकरणपछिको म्याद ५ वर्ष मात्रै थियो।
नयाँ कानुनी व्यवस्थाले सेवाग्राहीको झन्झट कम हुनुका साथै प्रशासनिक प्रक्रिया पनि सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा अब निजी क्षेत्रलाई समेत सहभागी गराउने व्यवस्था गरिएको छ। यसले परीक्षण सेवा विस्तार र गुणस्तर वृद्धि गर्ने सरकारको विश्वास छ।