चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ।
आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो हटाएपछि बिहान ८ः१० बजेबाट दुबै तर्फी सवारी आवागमन सुरु भएको हो।
चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका थिए। हाल सडक खुल्ला भए पनि यात्रुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ।