काठमाडौँ । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
प्रसाईंले भने, “म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं। त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु।”
उनीविरुद्ध गत चैत १५ मा काठमाडौंको तीनकुने घटनामा आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता आरोपहरू लागेको थियो।
प्रसाईंको यस निर्णयसँगै उनका समर्थकहरूले राजनीतिक रूपमा सक्रिय हुने तयारीमा लाग्ने विश्वास व्यक्त गरिएको छ।