डडेल्धुरा । जिल्लाको नवदुर्गा गाउँपालिका–५, उकल्ली काणेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप करिब ४ सय मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
घाइते हुनेमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन्। घाइतेमध्ये सुशिला विक र चालक साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त जिपमा चालकसहित १० जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।