काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले जितेको छ ।
मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २१३ रनको चुनौति नेपालले ४४.१ बलमा ८ विकेट गुमाउँदै लक्ष्य सजिलै पूरा गर्यो । सिरिजमा यो लगातार चौथो जित हो । नेपालले कुनै खेल हारेन । योसँगै नेपालले त्रिकोणात्मक शृंखलामा शतप्रतिशत जितसहित क्लीनस्वीप गर्न सफल भएको छ ।
नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गर्दै रन बनाए ।
त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल १७ र आसिफ सेखले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि मार्क उटले तीन विकेट लिए । त्यस्तै क्रिस ग्रेवासले दुई विकेट हात पारे । जितसँगै नेपालले लिग २ मा २८ खेल खेलेको नेपालले २६ अंक जोडेको छ । नेपाललाई अब एकदिवसीय मान्यता जोगाउन आठ खेलमध्ये ५ खेलमा जित आवश्यक छ । च्याम्पियन स्कटल्यान्डको भने ३६ खेलबाट ५० अंक छ ।
नेपालले अर्को त्रिकोणात्मक शृंखलाका लागि यूएई जानेछ । त्यहाँ पपुवा न्युगिनी र यूएईसँग त्रिकोणात्मक शृंखला हुनेछ । फागुन १५ देखि २२ सम्म शृंखला हुनेछ । नेपालले अन्तिम त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्नेछ ।