काठमाडौं । २२ औं निजामती सेवा दिवस आइतबार विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा बिहान प्रभातफेरी निकालिएको छ । सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको प्रभातफेरि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।
नेपालमा पहिलो पटक २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।