काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ र वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो ।
जेनजी आन्दोलनको क्रममा विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी-लुटपाट भएका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेको विभागले जनाएको छ ।
उक्त क्षतिको कारण अर्को सूचना जारी नभएसम्म चालक अनुमतिपत्र छपाइ तथा वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने विभागले स्पष्ट पारेको छ ।