काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा अनियन्त्रित भई पल्टिएको हो । स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका अनुसार, मोटरसाइकललाई जोगाउने क्रममा बस अचानक सन्तुलन गुमाउँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।