काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सरुवा भएको छ । बुधबार गृहमन्त्रीसस्तरीय बैठकले उनलाई मन्त्रालयमा तान्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।
उनको ठाउँमा ईश्वरराज पौडेललाई पठाइएको छ । भदौ २३ गते जेनजी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको आरोप उनीमाथि लागेको थियो ।