काठमाडौं । सुनको मूल्यमा अचानक घटावट आएको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुन आज प्रतितोला १७ सय रुपैयाँले घटेर २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर २ लाख २३ हजार रुपैयाँमा पुगेको थियो।
सुनको मूल्यमा आएको यो घटावटले सुनको बजारमा छोटो समयका लागि अस्थिरता देखाएको छ। व्यवसायीहरूले बजारमा मूल्यको उतार–चढावलाई सामान्य रूपमा लिनुपर्ने र मूल्य सन्तुलन आउँदा कारोबार सहज हुने बताएका छन्।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदीको भाउ १५ रुपैयाँले घटेर २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २७ सय रुपैयाँमा पुगेको थियो।