काठमाडौं । टी–२० पुरुष विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापान सुपर सिक्समा पुगेका छन्।
बिहीबार जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँग नेपाल र जापान आमनेसामने हुनु पहिल्यै सुपर सिक्स सुनिश्चित भएको हो।
नेपाल र जापान शुक्रबार भिड्नेछन्। यी दुई टोलीको विजेताले सुपरसिक्समा २ अंक पाउने छ। कुवेत भने समूहका दुवै खेलमा पराजित भएसँगै बाहिरिएको छ। पहिलो खेलमा नेपालसँग ५८ रनले पराजित भएको कुवेत जापानविरुद्ध ६ विकेटको क्षतिमा १७७ रन बनाए पनि जोगिन सकेन।
ओमानमा जारी छनोट खेलमा पहिले ब्याटिङ गरेको कुवेतले प्रस्तुत गरेको १७८ रनको चुनौती जापानले ३ बल पहिल्यै ५ विकेटको क्षतिमा पूरा गर्यो।
जापानको जितमा इसान रहमान नायक बने। उनले ३९ बलमा ६४ रन प्रहार गर्दै विशाल लक्ष्य भेट्टाउन निर्णायक ब्याटिङ गरे।