काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले युएईमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
शनिबार भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा युएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो। अन्तिम बलमा तीन रन आवश्यक परेका बेला युएईले एक रन मात्रै जोड्न सकेपछि नेपाल विजयी भयो।
नेपालका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए। सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतक प्रहार गरे भने कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुल्शन झाले १४ रनको योगदान दिए।
युएईका अलिशान सर्राफले ४९ बलमा ५८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यो जितसँगै नेपाल सुपर सिक्स चरणमा बलियो स्थितिमा पुगेको छ र विश्वकप यात्रातर्फ थप नजिक पुगेको छ।