एजेन्सी । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ ।
हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो ।
हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो ।
पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ–दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो ।
इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ ।

