काठमाडौं । बुधबार सेयर बजार राताम्मे बनेको छ। नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको छ। आज बजारमा २०६ वटा सेयरको मूल्य घट्दा ४० वटा मात्र सेयरको मूल्य बढेको छ। पाँच कम्पनीको मूल्य भने अघिल्लो मूल्यमै स्थिर रह्यो।
आज ७६ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
आजको कारोबारमा समता घरेलु लघुवित्त, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, क्रेस्ट माइक्रोलाइफ र मातृभूमि लघुवित्तका सेयर अधिकतम ६.९३ प्रतिशतसम्मले बढेका छन्। तर समाज लघुवित्त र विन्ध्यावासिनी हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ, जसको आज २० करोड रुपैयाँ बराबरको सेयर लगानीकर्ताले खरिदबिक्री गरेका छन्। त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको करिब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।