पोखरा । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा पुनः सुरु गरेको छ।
मालपोत अधिकृत शोभाखर पोख्रेलका अनुसार कार्यालयले अत्यावश्यकसँगै नियमित सेवा पनि सञ्चालन गरेको हो। भवन क्षतिग्रस्त भएकाले हाल प्रतिक्षालयबाट सेवाग्राहीलाई सेवा दिइँदैछ।
पोख्रेलले झन्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएको बताए। उनका अनुसार पोखरा–११, १२, १३ र हेम्जाका कागजात जोगिए पनि अन्य वडाका कागजात आगलागीमा डढेका छन्।