काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्ने भएकी छन्।
निर्वाचन तयारीमा दलहरूसँग संवाद नगरेको भन्दै भइरहेको आलोचनाबीच प्रधानमन्त्री कार्कीले आज अपराह्न ७ वटा दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा फागुन २१ गते तोकिएको आमनिर्वाचनका तयारी र व्यवस्थापनका विषय उठ्नेछन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउने म्यान्डेट पाएको छ।