काठमाडौं । भारतको शिलाङस्थित नेहरू रंगशालामा सोमबार भएको रोमाञ्चक खेलमा नेपाली महिला फुटबल टोलीले भारतलाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ खेलकी नायिका बनिन् , उनले दुवै गोल गर्दै टिमलाई जित दिलाइन्। भारतका लागि करिश्मा पुरुसोतम श्रीभोल्ले ले एक मात्र गोल फर्काइन्।
खेलको दोस्रो मिनेटमै सावित्राले पहिलो गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाइन्। त्यसपछि ६३औँ मिनेटमा उनले पुनः बलियो प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरिन्। यद्यपि, भारतकी करिश्माले ८३औँ मिनेटमा गोल फर्काए पनि नेपाली चेलिहरुले अन्तिमसम्म अग्रता जोगाउँदै शानदार जित सुनिश्चित गरे।
यस जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै ३ अंक जोडेको छ। भारतमाथिको यो जितसँगै नेपाल उपाधितर्फको यात्रामा मजबुत स्थितिमा पुगेको छ।
सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनले नेपाली महिला फुटबलमा नयाँ उत्साह र गौरवको भावना जगाएको छ। उनका गोलहरूले फेरि एकपटक देखाएको छ । नेपाली चेलिहरू अब क्षेत्रीय फुटबलमा कोहीभन्दा कम छैनन्।

