काठमाडौं । आज शेयर बजारमा उच्च सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अङ्कले बढेर २,५७१.३४ विन्दुमा पुगेको छ।
बजारमा अधिकांश समूहको शेयर मूल्य बढेको छ। विकास बैंक समूहको शेयर ४.४७ प्रतिशत, फाइनान्स, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
आज न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकका शेयर १० प्रतिशतले बढेका छन्। यद्यपि, हिमालयन पावर पार्टनरको शेयर भने करिब ६.३५ प्रतिशतले घटेको छ।
कारोबार रकम पनि उच्च भएको छ। आइतवार २ अर्ब ६६ करोडमा सीमित भएको कारोबार आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ।

