काठमाडौं । सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौंबाट उद्धारका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
पाण्डेका अनुसार हेलिकप्टरमा यात्रु सवार थिएनन्, र पाइलटको सकुशल उद्धार गरिएको छ।

