काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिका–०३, थाकनबेशीस्थित ३३/११ के.भि. सबस्टेशनबाट मर्स्याङ्दी गाउँपालिका–०६, न्यौपानेफाटसम्म निर्माण गरिएको करिब १ कि.मि. डबल सर्किट ११ के.भि. फिडर आजदेखि विद्युत प्रसारणका लागि सञ्चालनमा आएको छ।
हालसम्म उक्त क्षेत्रहरूमा ३३/११ के.भि. उदिपुर ग्रामीण फिडरबाट विद्युत प्रवाह हुँदै आएको थियो। अबदेखि खुदी फिडर र बाहुनडाडा फिडर गरी छुट्टाछुट्टै दुई फिडरबाट लाइन सञ्चालन गरिनेछ।
उक्त लाइनमा प्रयोग भएको पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युत संरचनामा नछुन, बालबालिका र पशु चौपायहरूलाई नजिक जान नदिन सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
विद्युत लाइनमा कुनै पनि प्रकारको पड्की, आगलागी वा अन्य जोखिम देखिएमा तत्काल ०६६–५२०१७७, ०६६–५२०३७७, वा ९८५६०७४२२५ मा सूचना दिन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

