काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ ।

