काठमाडौं । एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम टुंगो लागेको पार्टी महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ।
प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी २१५४ प्रतिनिधि रहने गरी टुंग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए।
उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ।
उक्त संख्यासहित दुई हजार ४६३ जना महाधिवेशन हलमा रहनेछन्। समितिले प्रतिनिधिको परिचयपत्र (कार्ड) छपाइ कार्य सुरु गरिसकेको बताएको छ।

