काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा पक्का गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। लुम्बिनीका लागि ओपनर डार्सी सर्टले ४५, कप्तान रोहित पौडेलले ३४ र निरोशन डिक्वेलाले २९ रन बनाए। रुबेन ट्रम्पलम्यान अविजित ११ रनमा आउट भए भने अभिषेश गौतम २ रनमा अविजित रहे।
लुम्बिनीको बलिङमा तिलक भण्डारीले ३ विकेट, रुबेन ट्रम्पलम्यान र जे–जे स्मिथले दुई–दुई, तथा शेर मल्लले एक विकेट लिए।
विराटनगरले १३५ रनको लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमा ९४ रनमै अलआउट भयो। विराटनगरका लागि श्याम हेलजेटले ३४, नरेन भट्टले २१ र मार्सेन्ट डिलाङ्गेले १७ रन बनाए। अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरको बलिङमा सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। सुरुवातदेखि दबाबमा परेको विराटनगरले उपाधि भिडन्तको अवसर गुमाएको छ। यस जितसँगै लुम्बिनी लायन्स पहिलो पटक फाइनलमा प्रवेश गरी क्रिकेटप्रेमीहरूका लागि रोमाञ्चक फाइनलको तयारी पक्का गरेको छ।

