काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा पुगेको छ। यसअघि सोमबार ६.७४ अंक र मंगलबार १८.३७ अंकले बढेको बजार लगातार तेस्रो दिन सकारात्मक देखिएको छ।
बुधबार बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा होटल, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक अन्य समूहका सूचक बढेका छन्। फाइनान्स समूहमा सबैभन्दा बढी १.७५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीगत रूपमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट ब्रेकर लागेको छ भने बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबारका आधारमा युनियन हाइड्रोपावर सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार हुने सेयरको सङ्ख्याका आधारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज अगाडि रहेको छ।

