काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–८ बलिथुममा खाना पकाउने क्रममा आगलागीमा परेकी ७८ वर्षीया पुतली दर्जीको उपचारका क्रममा मृत्यु भएको छ।
गत मंसिर २८ गते साँझ करिब ६ बजे खाना पकाउने क्रममा दाउराबाट अचानक आगो सल्किँदा उनको लुगामा आगो लागेको थियो। उक्त घटनामा उनी गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई सुरुमा स्थानीय मेडिकलमा सामान्य उपचार गरी घर लगिएको थियो। तर स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएपछि पुस ५ गते बेलुकी थप उपचारका लागि प्रदेश अस्पताल लमजुङमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

