काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले पक्राउ गरेकाे छ । आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मिराज ढुंगानालगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत थिए ।
प्रदर्शनकारीहरू सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाउँदै १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन् ।

