काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यले नयाँ बनाएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भई ४ हजार २५५ रुपैयाँ पुगेको छ।
चाँदीको यो मूल्यसमेत हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।

