लमजुङ । कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय कास्कीबाट मिति २०८२ भदौ २४ गते फरार भएका प्रतिवादी पक्राउ परेका छन्। फरार रहेका जिल्ला लमजुङ दुधपोखरी गाउँपालिका–५, कोल्की निवासी ४५ वर्षीय मनबहादुर गुरुङलाई आज पौष ८ गते बिहान प्रहरी चौकी गौंडाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेपछि गुरुङलाई कानुनी दायरामा ल्याई कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादीसम्बन्धी कुनै सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गराउन सम्पूर्ण सचेत नागरिकहरूलाई अनुरोध गरेको छ। प्राप्त सूचना गोप्य राखिने प्रहरीले स्पष्ट पारेको छ।

