काठमाडौं । आज बुधबार शेयर बजार झिनो अंकले बढेको छ। नेप्से परिसूचक आज १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा बन्द भएको छ। आज उपसमूहका आधारमा ६ वटा समूह बढेका छन् भने ७ वटा समूह घटेका छन्। निर्जीवन बीमा समूह सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहमा सर्वाधिक ०.८५ प्रतिशत गिरावट देखिएको छ।
आज बजारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ, १४२ कम्पनीको घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कुल कारोबार करिब सवा ३ अर्ब रुपैयाँ पुगेको छ। सर्वाधिक कारोबार एसवाई प्यानल नेपालमा भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
एसवाई प्यानल नेपाल: १४ करोड ४९ लाख रुपैयाँ
मञ्जुश्री फाइनान्स: १२ करोड ७९ लाख रुपैयाँ
तेह्रथुम पावर: ९ करोड ५७ लाख रुपैयाँ
ङादी ग्रुप पावर: ७ करोड ३४ लाख रुपैयाँ
सिद्धार्थ बैंक: ६ करोड ३२ लाख रुपैयाँ
आशा लघुवित्त: ५ करोड ९८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्स: ५ करोड ४८ लाख रुपैयाँ
राधी विद्युत: ४ करोड ६८ लाख रुपैयाँ
शिवम सिमेन्ट: ४ करोड ४३ लाख रुपैयाँ
हिम स्टार ऊर्जा: ४ करोड ३१ लाख रुपैयाँ
शेयर बजारमा आज सामान्य सुधार देखिए पनि केही समूहमा गिरावट जारी रहँदा लगानीकर्ताले सतर्क रहनुपर्ने सुझाव विश्लेषकहरूले दिएका छन्।

