काठमाडौं । जिल्ला अदालत काठमाडौंले दरबारमार्गको नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोपीहरू तत्कालीन सचिव अर्जुनबहादुर कार्कीसँग ६ लाख रुपैयाँ धरौटी मागेको छ।
त्यस्तै, अदालतले अर्का सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी मागेको छ। अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीहरूसँग जम्मा १६ लाख धरौटी मागेको हो।
यता, थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि भने ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउन भएको छ।

