काठमाडौं । टोखा नगरपालिका-९ गोंगबु मंगल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका-२ घर भएका २४ वर्षीय धन बहादुर विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

