तनहुँ । तनहुँ भानु नगरपालिका वडा नं. ९ खहरेस्थित श्री मर्स्याङ्दी आधारभूत विद्यालयका कक्षा ५ सम्म अध्ययनरत ३० जना विद्यार्थीहरूलाई लायन्स/लियो क्लब अफ काठमाडौं नेपालय र लायन्स/लियो क्लब अफ काठमाडौं गुणकेशरीको संयुक्त सहयोगमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई स्वेटर, ट्र्याकसुट, जुत्ता, मोजा तथा ब्याग, पेन्सिल, कापी लगायतका शैक्षिक सामग्री प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा भएकाे कार्यक्रममा भानु नगरपालिका वडा नं. ९ का अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य कृष्णराज धमन्या तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्र निधि भण्डारी विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ एलका डिस्ट्रिक्ट गभर्नर प्रमुख अतिथि एकनारायण शर्मा, भाइस डिस्ट्रिक्ट गभर्नर तेजनारायण पराजुली, डिस्ट्रिक्ट सचिव सुजित हिराचन, जोइन्ट चिफ एडभाइजर तथा लायन्स क्लब अफ काठमाडौं नेपालयका संस्थापक अध्यक्ष सुधिर शर्मा, जोइन्ट चिफ एडभाइजरहरू मनकृष्ण श्रेष्ठ, अमृत बराल र सुरेन्द्र पौडेल, डेपुटी डिपार्टमेन्ट चिफ अमित थापा, लायन्स क्लब अफ काठमाडौं नेपालयका अग्रज लायन्स लिडर किरण श्रेष्ठ तथा भाइस प्रेसिडेन्ट लक्ष्मण सिलवालको उपस्थिति थियो।

यसैगरी लायन्स क्लब अफ काठमाडौं गुणकेशरीकी संस्थापक अध्यक्ष सुजिता गजमेर, रिजन चेयर पर्सन लक्ष्मी शर्मा, लियो क्लब अफ काठमाडौं नेपालयकी अध्यक्ष सुस्मिता भण्डारी, लियो डिस्ट्रिक्ट रिजन कोअर्डिनेटर रितु डङ्गोल, लियो पास्ट प्रेसिडेन्ट सम्पदा सिलवाल, कोषाध्यक्ष अपेक्षा पाण्डे तथा लियो सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले चिसो मौसममा न्यानो कपडा तथा शैक्षिक सामग्री प्राप्त हुँदा विद्यार्थीहरूको पठनपाठनमा सहजता हुने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

