काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बिहीबार १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ। यसदिन कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका १३ उपसूचकमध्ये १२ उपसूचक राताम्य रहेका छन्। यद्यपि केही समूहको शेयर मूल्यमा वृद्धि देखिएको छ। वाणिज्य बैंक समूहको सूचक ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत तथा होटल तथा पर्यटन समूहको सूचक ०.४९ प्रतिशतले बढेको छ। यसदिन कारोबारमा आएका कम्पनीमध्ये ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेको छ।

