काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा भारत बिहार राज्यको पटना बस्ने रजनिस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने निखिल अग्रवाल तथा भारत बिहार राज्यको बेगुसराई बस्ने रबिन्द कुमार रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका अन्य २ जना पुरुषको भने हालसम्म पहिचान हुन सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

